सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ ६, २०८०, Khotang

Image

खोटांगको यातायात भाडादर घटाइयो


हलेसीन्युजडेस्क, खोटांग /

खोटांगको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा यातायात व्यावसायी संघ र सरोकारवालाको समझदारीबाट यात्रुहरुको मर्कालाई ध्यानमा राख्दै नयाँ यातायात शुल्क निर्धारण गरिएको छ । नगरपालिकाको हलमा यातायात व्यवसायी, सरोकारवालाहरुको उपस्थितिमा सरोकारवाला सबै पक्षको समझदारीबाटआज विध्यमान यातायात शुल्कबाट उल्लेखनीय रकम घटाई नयाँ यातायात शुल्क कायम गरिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईका अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटांगका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा यातायात शुल्क र नगरपालिकास्थित बसपार्कमा सवारी साधानको उचित व्यवस्थापनका वारेमा आज भएको वृहत छलफलमा नगर उपप्रमुख वीशन राई, वडा नं. १ का वडाध्यक्ष नवराज राई, वडा नं. ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नं. ३ बाम्रांगका वडाध्यक्ष महेन्द्र राई, वडा नं. ४ का वडाध्यक्ष खगेन्द्र राई, वडा नं. ३ वाम्रांगका पूर्व वडाध्यक्ष ललितकुमार राई, जिल्ला प्रहरी कार्यालय खोटांगका प्रहरी निरिक्षक बेनु कार्की, यातायात व्यवसायी संघका अध्यक्ष टेकेन्द्र राई तथा अन्य यातायात व्यवसायी संघका पदाधिकारीहरु, आचार्य गाउँ वसपार्क व्यवस्थापन समितिका शिव प्रसाद आचार्य, सोल्मा वस व्यवस्थापन समितिका दिपेन्द्र राई समेतको सहभागिता रहेको थियो ।

आज भएको छलफलको सहमतिबाट अब लामो तथा छोटा दुरिको यातायातमा रहेका यात्रीहरुले यस अगाडिका भन्दा यातायात शुल्कमा उल्लेखनीय राहत पाएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । त्यस्तै जिल्लाको सदरमुकम प्रवेशसँगै जथाभावी गाडी पार्किंग गर्ने परिपाटीले दुर्घटनाको जोखिम बढेको र वजारको शौन्दर्य पनि गुमेको उहाँको भनाई छ । आजको बैठकको निर्णय पछि अब गाडीहरु तोकिएको बसपार्कमा अनिवार्य रुपमै लैजानुपर्नेछ । लैजान नसकिएमा ट्राफिक नियम अनुसार दण्डित हुनुपर्नेछ । 

माघ ७ गतेबाट लागू हुने गरी अब दिक्तेल काठमाण्डौका लागि ठूला सवारी साधान बस भाडादर साविक रु १,६१० बाट रु.१,३०० कायम गरिएको छ । त्यस्तै दिक्तेलबाट कटारीका लागि साविक रु.१,१४० बाट घटाएर रु.१ हजार, धरानका लागि साविक रु.१,६५० बाट घटाएर रु.१,५००, इटहरीका लागि साविक रु. १,६१० बाट घटाएर रु.१,४५० र विराटनगरका लागि साविक रु.१,६५० बाट घटाएर रु.१,५५० कायम गरिएको छ ।

यस्तै छोटा दुरिको यातायातका लागि पनि यात्रुहरुको मर्कालाई ध्यानमा राखी साविक भाडाभन्दा उल्लेखनीय रुपमा यातायात भाडादर कायम गरिएको छ । यसको विस्तृत विवरण  तल प्रकाशित गरेकाछौँ ।


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes